
फोक्सुण्डो ताल नेपालको डोल्पा जिल्लामा अवस्थित ताल हो। यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ। यो ताल शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो। यो ताल ३६११.५ मिटरको उचाइंमा डोल्पा जिल्लामा अवस्थित छ। फोक्सुन्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुन्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ। सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर रहेको पाइएको थियो। सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो।
मुख्य तथ्यहरू
- प्रकार
- तलाउ wd
- अवस्थिति
- डोल्पा जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 4.94 km² wd
- उचाइ
- 3,612 m wd
- सम्पदा मान्यता
- रामसार क्षेत्र wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 29.2000° N, 82.9522° E wd
नजिकका ठाउँहरू
- शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज — 20 km
- डोल्पा जिल्ला — 30 km
- दुनै — 30 km
स्रोतहरू
- Wikipedia (English): Phoksundo Lake · CC BY-SA 4.0
- Wikipedia (Nepali): फोक्सुण्डो ताल · CC BY-SA 4.0
- Wikidata item Q3215132 · CC0 1.0
- Image: Bathymetric Map of Phoksundo Lake.jpg by Government of Nepal, Ministry of Energy, Water Resources and Irrigation, Department of Hydrology and Meteorology (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"फोक्सुण्डो ताल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/phoksundo-lake?lang=ne. Retrieved 21 October 2026.