DigiNepal
फिक्कल
Ganesh Paudel · CC BY-SA 4.0

फिक्कल

Phikkal Bazar

इलाम जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

फिक्कल बजार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११२६४ रहेको थियो जसमध्ये ५५६८ पुरुष र ५६९८ महिला रहेका थिए भने यहाँ २६९१ घरधुरी रहेको थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नगर wd
अवस्थिति
सूर्योदय नगरपालिका (municipality of Nepal) › इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.8939° N, 88.0694° E wd

परिचय

यसको साविकका १-२ नम्बर वडाहरू सूर्योदय नगरपालिकाको वडा नम्बर ८ हो भने ३-५ वडाहरू वडा नम्बर ९ र ६-९ वडाहरू वडा नम्बर १० हो।

फिक्कल इलाम जिल्लाको पूर्वी भेकमा अवस्थित एक व्यापारिक केन्द्र हो। यो सूर्योदय नगरपालिकामा पर्दछ। इलामको पूर्वी ब्यापारिक केन्द्र फिक्कल जिल्लाकै महत्त्वपूर्ण स्थान हो। जिल्लाका पूर्वी करिव दुई दर्जन गाउा विकास समितिका किसानले उत्पादन गरेको अलैँची, अदुवा, कुचो, दूध, मटर, सागसब्जी र अन्य नगदेबाली बिक्री गर्ने यो बजार पर्यटनका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ। प्रायः गरी चिसो हावापानी भइरहने फिक्कल बजार भारतीय सीमावर्ती पशुपतिनगरबाट ११ किलोमिटरको दुरीमा पर्छ। सदरमुकामबाट करिब ४३ किमी टाढा रहेको यो बजारमा पर्यटकका लागि आवास र घुम्ने स्थानहरू पनि छन्।

दाजिलिङ्ग भएर नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि फिक्कल आवासस्थल हो। नेपालबाट भारतको दार्जिलिङ्ग घुम्न जाने नेपालकै पश्चिमी जिल्लाका पर्यटकहरू पनि फिक्कल भएर जाने गरेका छन्। कन्याम आएका पर्यटकहरूको बस्ने ठाउा पनि फिक्कल नै हो। कन्याम पर्यटकीय भएपनि आवास सुविधा नभएको क्षेत्र हो। यहाा आउने पर्यटकहरू फिक्कलमा एक दुई–रात बस्न मन पराउाछन्। मारबाडीहरूको बसोबास रहेको यो बजारमा स्थानीय ब्यापारी पनि छन्। कपडा, भााडाकुाडा लगायतका सामग्रीको बिक्री हुने फिक्कलमा कृषिजन्य बस्तुको कारोबार नै सवैभन्दा बढी हुने गर्दछ। इलाम सदरमुकामबाट झापाको विर्तामोड, विराटनगर, धरान, काठमाडौँ, पोखरा लगायतका स्थानमा जाने सवारीका साधन फिक्कल भएरै जाने गर्दछन्। पर्यटक, ब्यापारी र यात्रु तथा सर्वसाधारणको सधैं चहलपहल भइरहने फिक्कल बजार सधै भीड भइरहने बजार हो। विहीबार हाट लाग्ने यो बजारबाट भारतीय बजार नजीकै परेका कारण भारतीय रूपैयााको बढी कारोबार हुने गरेको छ। झापाको धुलाबारी, विर्तामोड, शनिश्चरे लगायतका बजारहरूबाट समेत हाटको दिन बिक्रीका लागि ब्यापारीहरू यहाँ आउने गर्छन्। पर्यटकहरूलाई बस्नका लागि सुविधासम्पन्न होटलहरू नभएपनि यहाँका केही राम्रा होटलहरूमा सधैं पर्यटककै चहलपहल हुने गर्छ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Phikkal Bazar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): फिक्कल · CC BY-SA 4.0
  3. Wikidata item Q3429115 · CC0 1.0
  4. Image: Fikkal.JPG by Ganesh Paudel (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"फिक्कल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/phikkal-bazar?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख फिक्कल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Fikkal.JPG — Ganesh Paudel, CC BY-SA 4.0.

← ठाउँहरू