
श्रीअन्तु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६२६ रहेको थियो जसमध्ये २२७६ पुरुष र २३५० महिला रहेका थिए भने यहाँ १०८६ घरधुरी रहेको थियो। वर्तमान समयमा यो इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिका अन्तर्गतको एक स्थान हो। अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो। यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा अवस्थित छ। अन्तु सुर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यवसायिक र नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ। वि.सं. २०४३ मा यसलाई 'दिपेन्द्र शिखर' भनी नामाकरण गरिएको भए पनि पुरानै नाम श्री अन्तु वा अन्तु डाँडा नामबाट नै यो डाँडा प्रसिद्ध छ। देशका विभिन्न स्थानबाट महेन्द्र राजमार्ग झापा जिल्लाको चारआली हुँदै फिक्कल वा पशुपतिनगरबाट श्री अन्तु पुग्न सकिन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, neighborhood, गाउँ wd
- अवस्थिति
- सूर्योदय नगरपालिका (municipality of Nepal) › इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8833° N, 88.1167° E wd
नजिकका ठाउँहरू
- कोल्बुङ — 11 km
- इलाम जिल्ला — 18 km
- इलाम नगरपालिका — 19 km
- मेचीनगर नगरपालिका — 27 km
- काँकडभिट्टा — 27 km
- सन्दकपुर — 27 km
स्रोतहरू
- Wikipedia (English): Shree Antu · CC BY-SA 4.0
- Wikipedia (Nepali): श्रीअन्तु · CC BY-SA 4.0
- Wikidata item Q3425470 · CC0 1.0
- Image: Antu pokhari at antu dada ilam nepal.jpg by Hari gurung77 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"श्रीअन्तु". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/shree-antu?lang=ne. Retrieved 21 October 2026.