DigiNepal
नयाँबजार
Ganesh Paudel · CC BY-SA 3.0

नयाँबजार

Naya Bazar

इलाम जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नयाँबजार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७४३ रहेको थियो जसमध्ये २३५५ पुरुष र २३८८ महिला रहेका थिए भने यहाँ १०९० घरधुरी रहेको थियो। यो हाल माईजोगमाई गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.9500° N, 88.0400° E wd

परिचय

यसको साविकका १-४,६-९ नम्बर वडाहरू माईजोगमाई गाउँपालिकाको वडा नम्बर १ हो भने ५ नम्बर वडा वडा नम्बर ३ हो।

नयाँबजार जान फिक्कल बजारबाट करिव २० कि.मी. कच्ची बाटोबाट पुग्न सकिन्छ। यहाँबाट भारतीय सीमावर्ती बजार जौवारी सम्म जीप चल्ने बाटो छ । नयाँबजारबाटै सोयाङ, प्याङ, जोगमाई, सिरिसे, नाम्सालिङ आदि ठाउँ तर्फ जाने जीप चल्ने बाटाहरू छुट्टिन्छन् । हाल नयाँबजारमा एक उप-स्वास्थ्य चौकी एक उच्च माध्यमिक विद्यालय, एक माध्यमिक विद्यालय, एक सुस्त मनस्थितिका बालबालिकाका लागि कक्षा, दुइवटा निजी विद्यालय, इलाका प्रहरी कार्यालय, २ वटा मन्दिर, इलाका हुलाक कार्यालय र एक पर्यटकीय स्थल उत्तरे पोखरी रहेका छन् । नयाँबजारको स्थापना बालागुरूले २०११ सालमा गरेका हुन्।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Naya Bazar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नयाँबजार · CC BY-SA 4.0
  3. Wikidata item Q969408 · CC0 1.0
  4. Image: Nayabazar.jpg by Ganesh Paudel (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नयाँबजार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/naya-bazar?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नयाँबजार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nayabazar.jpg — Ganesh Paudel, CC BY-SA 3.0.

← ठाउँहरू