DigiNepal
नुवाकोट दरवार
Bijaya2043 · CC BY-SA 4.0

नुवाकोट दरवार

Nuwakot Palace

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नुवाकोट दरबार शाह वंशीय राजा पृथ्वीनारायण शाहले १८औँ शताब्दीमा निर्माण गरेको एक दरबार हो र यो नुवाकोट जिल्लाको विदुर नगरपालिकाको नुवाकोटमा अवस्थित छ। वि. सं. १८१९ मा मकवानपुर विजय, मीरकासिम पराजय जस्ता उल्लेखनीय सफलता उनले पाएथे। यस सालको शुरूमा पृथ्वीनारायण शाहले नुवाकोट डाँडोमा दरबार बनाउन लगाए । जुन दरबार केही रूप बदलिए पनि साबुत रूपमा अहिलेसम्म कायम छ। पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं. १८१९ मा भव्य नौतले दरबार बनाउन लगाएका थिए। पछि नब्बे सालको महाभूकम्पले गर्दा दुई तल्ला भत्किएर यो दरबार सात तले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा. साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्व-साधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए। उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका थिए। साततले दरबारलाई ग्रीष्मकालीन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं. १८२२ मा शेरा दरबारको निर्माण भएको थियो। सात तल्ला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्ध बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पूर्व कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो।

मुख्य तथ्यहरू

प्रकार
built structure, building complex wd
अवस्थिति
बिदुर नगरपालिका (city) › नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
सम्पदा मान्यता
Tentative World Heritage Site wd
निर्देशाङ्क
27.9138° N, 85.1648° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Nuwakot Palace · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नुवाकोट दरवार · CC BY-SA 4.0
  3. Wikidata item Q24960303 · CC0 1.0
  4. Image: Nuwakot Palace (5).jpg by Bijaya2043 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नुवाकोट दरवार". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/nuwakot-palace?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नुवाकोट दरवार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nuwakot Palace (5).jpg — Bijaya2043, CC BY-SA 4.0.

← ठाउँहरू