DigiNepal
नेपाल टेलिकम
Janak Bhatta · CC BY 4.0

नेपाल टेलिकम

Nepal Telecom

नेपाल सरकारको लगानी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नेपाल टेलिकम ९१.४९% सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक हो। यसको स्थापना २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो। २०६१ बैशाख देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको थियो। यसले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्ने गरेको छ। टेलिकमले इन्टरनेट सेवामा डायल-अप आइएसडीएन लिज्ड एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गर्दछ। बैङ्क तथा विभिन्न निकायहरूलाई तथ्याङ्क आदान प्रदान गर्न लिज्ड सर्किटको सेवा समेत टेलिकमले दिने गर्दछ। २०६४ फागुनमा सर्वसाधारणका लागि पनि शेयर बिक्री गर्न खुला गरेको यो कम्पनीको जारी पूँजी १५ अर्ब तथा चालू पूँजी २२ अर्ब रूपैयाँ रहेको छ। यस कम्पनीमा हाल करिव ३,९१२ कर्मचारी कार्यरत छन्। हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सव मनाउने गर्दछ।

मुख्य तथ्यहरू

प्रकार
व्यापार wd
आधिकारिक वेबसाइट
ntc.net.np wd
निर्देशाङ्क
27.6987° N, 85.3183° E wd

परिचय

नेपाल टेलिकम आइएसडिएन र लिज्ड लाइन सेवाको नेपालमा एक मात्र प्रदायक हो। सन् २००५ मा नेपालको दूरसञ्चार उद्योगमा एनसेल (पहिले मेरो मोबाईलको रूपमा चिनिने) को प्रवेश पछि यो जीएसएम मोबाइल सेवाको मात्र प्रदायक बन्नबाट चुकेको थियो। ५,४०० भन्दा बढी कर्मचारीहरूसँग यो नेपालको सबैभन्दा ठूलो निगम हो। देशको यसको विभिन्न भागहरूमा कुल २६२ टेलिफोन

विनियम कार्यलयहरू छन् जसले ६०३,२९१ पीएसटीएन लाइनहरूमा यसले सेवा पुर्‍याएको छ। यसले ५० लाख भन्दा बढी जीएसएम सेलुलर फोनहरू र १० लाख भन्दा बढी सीडीएमए फोन लाइनहरूमा सेवा दिइरहेको छ। हालैको एक डाटा अनुसार, यसका ल्यान्डलाइन, जीएसएम मोबाइल, सीडीएमए र इन्टरनेट सेवा गरी १ करोड भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्। नेपाल टेलिकमले सन् २०१७ जनवरी १ बाट ४ जी एलटिइ सेवा शुरु गरेको थियो। हाल नेपालको ६६५ बटा स्थानिय तहहरूमा यो सेवा पुगिसकेको छ ।

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Nepal Telecom · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नेपाल टेलिकम · CC BY-SA 4.0
  3. Wikidata item Q3338265 · CC0 1.0
  4. Image: Nepal Telecom.jpg by Janak Bhatta (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नेपाल टेलिकम". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/nepal-telecom?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपाल टेलिकम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nepal Telecom.jpg — Janak Bhatta, CC BY 4.0.

← ठाउँहरू