DigiNepal

मूलपानी, काठमाडौँ

Mulpani, Kathmandu

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मूलपानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११,७४२ रहेको थियो जसमध्ये ५,८८९ पुरुष र ५,८५३ महिला रहेका थिए भने यहाँ २,६४७ घरधुरी रहेको थियो। यो हाल कागेश्वरी मनोहरा नगरपालिकामा पर्दछ। मुलपानीलाई पहिले भैमाल भनेर चिनिन्थ्यो, जसको अर्थ हो "डर छैन"। यस गाउँमा बसोबास गर्ने मानिसहरूको मुख्य पेशा कृषि हो। मुलपानीलाई बागमती र मनोहरा नदीले घेरेको छ। मूलपानी नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि प्रख्यात छ, जसलाई मूलपानी क्रिकेट रङ्गशाला भनिन्छ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7100° N, 85.4000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mulpani, Kathmandu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मूलपानी, काठमाडौँ · CC BY-SA 4.0
  3. Wikidata item Q6813209 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मूलपानी, काठमाडौँ". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/mulpani-kathmandu?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मूलपानी, काठमाडौँ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू