DigiNepal
जोमसोम
Saddam19 · CC BY-SA 4.0

जोमसोम

Jomsom

मुस्ताङ जिल्लाको सदरमुकाम

Read in English · हिंदी में पढ़ें

जोमसोम नेपालको गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक साविकको गाउँ विकास समिति तथा घरपझोङ गाउँपालिकाको वडा नम्बर ४ हो। जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वारको रूपमा रहेकाे छ। जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ। यसको क्षेत्रफल १७८.७१ वर्ग किलोमिटर रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नगर, वार्ड wd
अवस्थिति
घरपझोङ गाउँपालिका (rural municipality of Nepal) › मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
1,370 (2011) wd
उचाइ
2,800 m wd
निर्देशाङ्क
28.7833° N, 83.7306° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Jomsom · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जोमसोम · CC BY-SA 4.0
  3. Wikidata item Q1702717 · CC0 1.0
  4. Image: Jomsom from View Tower (cropped).jpg by Saddam19 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जोमसोम". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/jomsom?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जोमसोम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jomsom from View Tower (cropped).jpg — Saddam19, CC BY-SA 4.0.

← ठाउँहरू