DigiNepal
अग्नि एयर दुर्घटना २०६९ जेठ १
Moralist · CC BY-SA 3.0

अग्नि एयर दुर्घटना २०६९ जेठ १

Agni Air Flight CHT

Read in English · हिंदी में पढ़ें

अग्नि एयरको विमान २०६९ जेठ १ मुस्ताङको जोमसोम विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ६ जनालाई चिन्ताजनक अवस्थामा उद्धार गरिएको छ । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको नाइन एन एआइजी नम्बरको विमान जोमसोम विमानस्थलनजिकैको पहाडमा ठक्कर खाएर दुर्घटना भएको हो । बिहान ९.५० बजे जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा अग्नि एयरको ९एन एआईजी–डी२२८ (डोरनिएर) विमान दुर्घटना हुँदा क्याप्टेन प्रभूशरण पाठकसहित १५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमध्ये दुई नेपाली र १३ भारतीय नागरिक रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार घाइते हुनेहरूमा डेनिस नागरिकद्वय आर एन्ड्रीअस र टी इमिली, दुई भारतीय बालबालिका तिरुमाला किदाम्बी श्रीवद्र्धिनी र तिरुमाला किदाम्बी श्रीपाद तथा विमान परिचारीका रोसनी हाइजु रहेका छन् । मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा मार्फा गाविस ५ को डाँडामा दाहिनेतिरको पङ्खाले छोएर अग्नि एयरको डोनियर विमान बिहान ९.५० बजे उक्त दुर्घटना भएको थियो ।

मुख्य तथ्यहरू

प्रकार
aviation accident wd
निर्देशाङ्क
28.7811° N, 83.7217° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Agni Air Flight CHT · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अग्नि एयर दुर्घटना २०६९ जेठ १ · CC BY-SA 4.0
  3. Wikidata item Q394864 · CC0 1.0
  4. Image: Agni Air aircraft.JPG by Moralist (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अग्नि एयर दुर्घटना २०६९ जेठ १". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/agni-air-flight-cht?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अग्नि एयर दुर्घटना २०६९ जेठ १ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Agni Air aircraft.JPG — Moralist, CC BY-SA 3.0.

← ठाउँहरू