
दुल्लु नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लामा पर्ने एक नगरपालिका हो । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा नाउलेकटुवाल, नेपा, पादुका, दुल्लु, छिउडिपुशाकोट तथा बडलम्जी गाउँ विकास समितिहरू समावेश गरिएका थिए। नेपालको संविधान २०७२ अनुसार नयाँ नेपालको पुनःसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७५३ वटा स्थानीय तहहरू निर्माण गर्ने निर्णय पारित गरेपछि २०७३ साल फागुन २७ गते साविकको दुल्लु नगरपालिकाको केही भूभागलाई अर्थात् साविकको बडलम्जी गाविसको वडा नम्बर (२-७)लाई कटाएर भैरवी गाउँपालिकामा गाभिएको थियो भने दुल्लु नगरपालिकामा साविकका गौरी, गमौडी, कालभैरव र मालिका गाविसलाई गाभिएको थियो। दुल्लु बजार भएको ठाउँलाई केन्द्र बनाइएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 41,540 (2011) wd
- क्षेत्रफल
- 156.77 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- dullumun.gov.np wd
- निर्देशाङ्क
- 28.8600° N, 81.6200° E wd
नजिकका ठाउँहरू
- दैलेख जिल्ला — 5 km
- नारायण नगरपालिका — 9 km
- वीरेन्द्रनगर नगरपालिका — 29 km
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र — 29 km
- सुर्खेत विमानस्थल — 31 km
- कालीकोट जिल्ला — 32 km
स्रोतहरू
- Wikipedia (English): Dullu · CC BY-SA 4.0
- Wikipedia (Nepali): दुल्लु · CC BY-SA 4.0
- Wikidata item Q3411696 · CC0 1.0
- Image: भगनावशेष.jpg by Rameshti (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दुल्लु". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dullu?lang=ne. Retrieved 21 October 2026.