
बुढा सुब्बा
Budha Subba Temple
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता राखिन्छ। धरान बिजयपुरको बूढासुब्बा स्थान किराती तथा गैरकिरातीहरूका लागि महत्त्वपूर्ण मन्दिर मानिन्छ। बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो। यो मन्दिरको थप विशेषता भनेको टुप्पो नभएको बाँसहरूको बीचमा रहनु पनि हो। बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ। उक्त दिन बूढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजति आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ। विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्ने देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ। व्यवस्थित रूपमा वि.सं. २०१५ देखि बुढासुब्बा मन्दिरमा पँजा हुँदै आएको बुझिन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple wd
- अवस्थिति
- सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8200° N, 87.3000° E wd
नजिकका ठाउँहरू
- धरान — 3 km
- वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान — 4 km
- पाँचकन्या — 4 km
- भेडेटार — 5 km
- विष्णुपादुका गाविस — 6 km
- याङ्गसिला — 6 km
स्रोतहरू
- Wikipedia (English): Budha Subba Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): बुढा सुब्बा · CC BY-SA 4.0
- Wikidata item Q4985069 · CC0 1.0
- Image: Budhasubba.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बुढा सुब्बा". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/budha-subba-temple?lang=ne. Retrieved 5 November 2026.