
सुनसरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला र २ वटा उपमाहानगरपालिका भएको नेपालको एक मात्र जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतया: थारू, मुसहर, लिम्बू, राइ, याक्खा, बाहुन, क्षेत्री, सतार आदि जनजातिको बसोबास पाइन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 926,962 (2011) wd
- क्षेत्रफल
- 1,257 km² wd
- आधिकारिक वेबसाइट
- ddcsunsari.gov.np wd
- निर्देशाङ्क
- 26.6020° N, 87.1475° E wd
भित्रका ठाउँहरू: सुनसरी जिल्ला
नजिकका ठाउँहरू
- इनरूवा नगरपालिका — 0 km
- इटहरी — 15 km
- विराटनगर विमानस्थल — 18 km
- विराटनगर — 19 km
- कोशी प्रदेश — 20 km
- धरान — 27 km
स्रोतहरू
- Wikipedia (English): Sunsari District · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुनसरी जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28157 · CC0 1.0
- Image: Vedetar 2019 web small.jpg by Mithunkunwar9 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुनसरी जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sunsari-district?lang=ne. Retrieved 21 October 2026.