DigiNepal
विराटनगर
Rejunpoudel7 · CC BY-SA 4.0

विराटनगर

Biratnagar

नेपालमा रहेको एक महानगरपालिका

Read in English · हिंदी में पढ़ें

विराटनगर नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने मोरङ जिल्लामा रहेको प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम र एक महानगरपालिका हो। मोरङ जिल्लाको पहिलो महानगरपालिका रहेको यो नगरको नामकरण विराट राजाको नामबाट भएको हो। नेपालको सबैभन्दा ठुलो औद्योगिक नगरको उपनामले परिचित विराटनगरको स्थापना वि.सं. १९७१ सालमा गोग्राहा बजारको रूपमा भएको थियो। नेपालको जनगणना २०७८ अनुसार विराटनगरको जनसङ्ख्या २,४३,९२७ रहेको छ जसले यो नगरलाई नेपालको छैटौँ ठुलो सहर बनाएको छ। यो सहर मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ। यो नगर तथा यसको छिमेकी क्षेत्रमा ठुलो सङ्ख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन्। विराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो। यहाँबाट भारत तथा तेस्रो मुलुकसँग व्यापारिक वस्तुहरू आयात निर्यात गर्ने गरिन्छ।

मुख्य तथ्यहरू

प्रकार
big city, border city wd
अवस्थिति
मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
242,548 (2011) wd
क्षेत्रफल
58.48 km² wd
उचाइ
80 m wd
आधिकारिक वेबसाइट
munbiratnagar.gov.np wd
निर्देशाङ्क
26.4833° N, 87.2833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Biratnagar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विराटनगर · CC BY-SA 4.0
  3. Wikidata item Q8247 · CC0 1.0
  4. Image: Biratnagar Bazar Drone view.png by Rejunpoudel7 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विराटनगर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/biratnagar?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विराटनगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Biratnagar Bazar Drone view.png — Rejunpoudel7, CC BY-SA 4.0.

← ठाउँहरू