DigiNepal
शिल्पा मास्के
OnlineKhabar · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

शिल्पा मास्के

Shilpa Maskey

नेपाली चलचित्र अभिनेत्री

Read in English · हिंदी में पढ़ें

शिल्पा मास्के एक नेपाली चलचित्र अभिनेत्री, मोडल र नर्तकी हुन्। उनले हेमराज बिसी निर्देशित चलचित्र 'ब्रेकअप'बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिइन् जहाँ उक्त चलचित्रमा, उनले अभिनेता आशिरमान देशराज जोशीसँग अभिनय गरेकी थिइन्। उनले आफ्नो दोस्रो चलचित्र कागजपत्रमा अभिनेता नाजिर हुसेनको साथ अभिनय गरेकी थिइन्। तथापि यसले पनि पहिलो चलचित्र 'द ब्रेकअप'ले जस्तै राम्रो व्यापार गर्न भने असफल भएको थियो। चलचित्र बाहेक उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न विज्ञापन, साङ्गितीक भिडियो र विशेषत फ्यासन पत्रिकाको आवरण पृष्ठहरूमा देखा परेकी छिन्। उनले हलिउड चलचित्रहरूमा सानो भूमिका निर्वाह गरेकी छिन् जसमा 'डाक्टर स्ट्रेन्ज' र 'मिसन: इम्पोसिबल - फलआउट' रहेको छ त्यस्तै उनले सफल नेटफ्लिक्स शृङ्खला 'द क्राउन'का संस्करण २ र ५ मा समेत अभिनय गरेकी छिन्। उनले सन् २०१८ मा प्रदर्शन भएको हिन्दी चलचित्र 'गोल्ड'मा पनि सानो भूमिका निर्वाह गरेकी थिइन्। उनले चलचित्र 'सानो मन'मा पनि आयुष्मान जोशीको साथ अभिनय गरेकी थिइन् जुन चलचित्र पनि उनको असफल बन्न पुगेको थियो। चौथो चलचित्र 'कठपुतली'मा, पनि उनले अभिनय गर्ने पक्का भएको छ जसको प्रदर्शन मिति तय गरिएको छैन।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
विराटनगर wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd
सामाजिक सञ्जाल
Facebook · Instagram wd

स्रोतहरू

  1. Wikipedia (English): Shilpa Maskey · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शिल्पा मास्के · CC BY-SA 4.0
  3. Wikidata item Q64733266 · CC0 1.0
  4. Image: Shilpa Maskey in an interview.jpg by OnlineKhabar (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शिल्पा मास्के". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/shilpa-maskey?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिल्पा मास्के बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shilpa Maskey in an interview.jpg — OnlineKhabar, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व