
भेडेटार
Bhedetar
धनकुटा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भेडेटार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, धनकुटा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९७७ रहेको थियो जसमध्ये १४१४ पुरुष र १५६३ महिला रहेका थिए भने यहाँ ६८२ घरधुरी रहेको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँ, hill station wd
- अवस्थिति
- साँगुरीगढी गाउँपालिका (rural municipality of Nepal) › धनकुटा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- उचाइ
- 1,420 m wd
- निर्देशाङ्क
- 26.8583° N, 87.3208° E wd
परिचय
यो साँगुरीगढी गाउँपालिकाको वडा नम्बर ६ हो।
यो एक पर्यटकीय बजार समेत हो। यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान उपमहानगरपालिकाको जिरो पोईन्टबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ। भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाइमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन। अझ भेडेटारको भ्यू टावर अर्थात चार्ल्सप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्नसकिन्छ।
पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो। यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी. दूरीमा रहेको छ। भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणधिन सडक पूर्वतर्फ गएको छ भने धरानको विष्णुपादुका, आहाले हुँदै बराहक्षेत्र जाने निर्माणधिन सडक पश्चिम तर्फ गएको छ। उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ। यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तर्राई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन्।
भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ। २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चार्ल्स प्वाइन्ट नामकरण गरिएको हो। चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ।
नजिकका ठाउँहरू
- नमस्ते झरना — 2 km
- बुढा सुब्बा — 5 km
- फक्सिब — 5 km
- बुडी मोरङ — 6 km
- विष्णुपादुका गाविस — 7 km
- धरान — 7 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Bhedetar · CC BY-SA 4.0
- Wikipedia (Nepali): भेडेटार · CC BY-SA 4.0
- Wikidata item Q7917941 · CC0 1.0
- Image: Vedetar 2019 web small.jpg by Mithunkunwar9 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भेडेटार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhedetar?lang=ne. Retrieved 3 November 2026.