DigiNepal
बाह्रबिसे, सिन्धुपाल्चोक
Myheartswift · CC BY-SA 3.0

बाह्रबिसे, सिन्धुपाल्चोक

Bahrabise

सिन्धुपाल्चोक जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बाह्रविसे नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो । यसको क्षेत्रफल ९६.७३ वर्ग किलोमिटर रहेको छ। विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा सिन्धुपाल्चोक जिल्लाका घोर्थली (१-४), कर्थली, बाह्रबिसे, गाती, घुमथाङ, मानेश्वाँरा र राम्चे गाउँ विकास समितिहरूलाई समेटेर बाह्रविसे नगरपालिका घोषणा गरिएको थियो। बाह्रविसे सिन्धुपाल्चोक जिल्लाका तीन र मुलुकका २७६ मध्यहरू एक हो। पूर्वमा दोलखा जिल्ला पश्चिममा सिन्धुपाल्चोककै जुगल गाउँपालिकासँग सीमा जोडीएको यस नगरको उत्तरमा भोटेकोशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन्। नेपाल चीन स्थलगत मार्ग जोडिने अरनिको राजमार्ग र दुवै तर्फ फैलिएको वडाहरूको फेदिमा रहेको भोटेकोशी नदी यसको प्रकृातिक पहिचान हो। तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसको अनेकौ एतिहासिकता जोडिएको छ। समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मको उचाई भएको भु-वनोट रहेको यस नगरपालिकाको जनसंख्या २६५३५ र क्षेत्रफल १३४.८ वर्ग कि.मि रहेको छ। नगरपालिकाको भवन रहेको केन्द्रिय क्षेत्र बाह्रबिसे बजारको रुपमा परिचित छ भने यस बजारमा पूर्ख्यौलि नेवार जातिको बाहुल्यता रहेको छ। तर समग्र नगरपालिकाको जनसङ्ख्यामा भने तामाङ जातिको जनसङ्ख्या अघि देखिन्छ। ब्राम्हण, क्षेत्री, तामाङ, शेर्पा, गुरूङ लगायत अनेकौ जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरको आदिवासी लोपोन्मुख जनजाति अन्तर्गत पर्दछन।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7866° N, 85.8986° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bahrabise · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाह्रबिसे, सिन्धुपाल्चोक · CC BY-SA 4.0
  3. Wikidata item Q4860638 · CC0 1.0
  4. Image: Bahrabise Bazar.jpg by Myheartswift (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाह्रबिसे, सिन्धुपाल्चोक". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bahrabise?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाह्रबिसे, सिन्धुपाल्चोक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bahrabise Bazar.jpg — Myheartswift, CC BY-SA 3.0.

← ठाउँहरू