उत्तरकन्या
Uttarkanya
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
उत्तरकन्या नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०९२ रहेको थियो जसमध्ये ४९२ पुरुष र ६०० महिला रहेका थिए भने यहाँ २८१ घरधुरी रहेको थियो।व लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने यस गाउँ विकास समितिमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमुना गाउँको रूपमा समेत परिचित छ। यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो। परम्परागत गुरुङ सस्कृती, घाँटु, सोरठी, सेर्गा नाच, नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ सङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको घरबास आदिका लागि यस गाउँ परिचित छ। गुरुङ संस्कृतिको ज्वलन्त चित्रण सङ्ग्राहलयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ माघ २२ गते उद्घाटन गरेकी थिइन्। यो हाल क्व्होलासोथार गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2700° N, 84.3000° E wd
नजिकका ठाउँहरू
- मालिङ — 4 km
- बाग्लुङपानी — 4 km
- सिम्पानी, लमजुङ — 5 km
- भोंजे — 5 km
- भुजुङ — 6 km
- चण्डीस्थान — 6 km
स्रोतहरू
- Wikipedia (English): Uttarkanya · CC BY-SA 4.0
- Wikipedia (Nepali): उत्तरकन्या · CC BY-SA 4.0
- Wikidata item Q3429004 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उत्तरकन्या". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/uttarkanya?lang=ne. Retrieved 4 November 2026.