भुजुङ
Bhujung
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भुजुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५०६ रहेको थियो जसमध्ये ६६० पुरुष र ८४६ महिला रहेका थिए भने यहाँ ३५३ घरधुरी रहेको थियो। यो वर्तमान क्व्होलासोथार गाउँपालिकामा पर्दछ। यो क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर ४ हो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.3100° N, 84.2600° E wd
परिचय
गण्डकी अञ्चल अन्तर्गत लम्जुङ जिल्लाको ६१ वटा गाविसहरू मध्ये 'एक गाउँ एक गाविस'ले प्रख्यात पर्यटकीय नमुना गाउँको रूपमा भुजुङ गाउँलाई चिनिन्छ। सदरमुकाम बेसीसहर देखि २४ किलोमिटरको जिप यात्रा पछि पर्यटकीय गाउँ, घलेगाउँ, नायु, घनपोखरा हुँदै करिव दुई घण्टाको पैदल यात्रा पछि ग्रामिण पर्यटकीय भुजुङ गाउँ सजिलै पुग्न सकिन्छ। यो गाउँ जिल्लाकै सबैभन्दा ठुलो र सिरान गाउँको रूपमा पनि प्रख्यात छ। समुन्द्री सतह देखि करिब १६०० मिटरको उचाइमा रहेको यस गाउँको पूर्वमा घले गाउँ,(उत्तरकन्या गाविस) घनपोखरा गाविस, पश्चिममा पसगाउँ गाविस, दक्षिणमा भोंजे गाविस, पर्दछ भने उत्तरमा विशाल जङ्गल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपूर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ। करिब ३६२ घरधुरी रहेको उक्त गाउँमा ९०% गुरुङ र १०% अन्य जातीहरू बसोवास गर्दछन्। २१००को हाराहारीमा यहाँको जनसङ्ख्या रहेको छ। " न्याय नपाए गोर्खा जानु, संस्कृति खोज्न भुजुङ जानु " भन्ने भनाई पनि प्रचलित रहेको छ। यस गाउँमा अझ पनि गुरुङहरूको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जीवितै रहेको छ। घरहरूको पर्खाल ढुङ्गा, माटो, काठ र छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आर्कषक पुरानो घुमाउने घर पनि यहाँ रहेको छ। खानाको रूपमा लोकल चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो, पिडालु, अनि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद लिन सकिन्छ।
यहाँका मानिसहरूको मुख्य पेशा भनेको कृषि हो। यस गाउँका मानिसहरूले पशुपालनमा भैंसी, वाख्रा भेंडा र पशुपंक्षीमा कुखुरा पाल्ने गरेका छन्। मिहेनती र लगनशिल छन् यहाँका मानिसहरू, फुर्सदको समयमा पुरुषहरूले डोको, नाम्लो, डालो, मान्द्रो, घुम, भकारी र महिलाहरूले उनवाट राडीपाखी, बख्खु, पुवाबाट थैलो, झोला, भाङग्रा जस्ता हस्तकला सामानहरू बनाउँछन्। बेलायत, भारत र नेपाली सेनामा भर्ती हुने वैदेशीक रोजगार र होटल व्यावसाय थप आय आर्जनका स्रोतहरू हुन्। यहाँका ८०% मानिसहरू साक्षार छन्।
परम्परागत ऐतिहासिक संस्कृति नृत्यमा भुजुङ्कै गहनाको रूपमा घाँटु(कुसुन्डा), कृष्ण चरित्र, साराङ्गी, घ्याब्रि, प्हच्यु, सेर्गा, नृत्यहरू यहाँको…
नजिकका ठाउँहरू
- पसगाउँ — 4 km
- घनपोखरा — 5 km
- भोंजे — 6 km
- उत्तरकन्या — 6 km
- मिजुरेडाँडा — 9 km
- मालिङ — 9 km
स्रोतहरू
- Wikipedia (English): Bhujung · CC BY-SA 4.0
- Wikipedia (Nepali): भुजुङ · CC BY-SA 4.0
- Wikidata item Q3413208 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भुजुङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhujung?lang=ne. Retrieved 4 November 2026.