DigiNepal
रुकुमकोट
Bisheshwor · CC BY-SA 3.0

रुकुमकोट

Rukumkot

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रुकुमकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६०४५ रहेको थियो जसमध्ये २८२१ पुरुष र ३२२४ महिला रहेका थिए भने यहाँ १३४२ घरधुरी रहेको थियो। यसको साविकको ४ नम्बर वडा हाल भूमे गाउँपालिकामा पर्दछ भने (१-३,५-९) वडाहरू सिस्ने गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
पूर्वी रुकुम जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.6167° N, 82.6167° E wd

परिचय

यसको साविकका १,३,७,९ वडाहरू सिस्ने गाउँपालिकाको वडा नम्ब ५ हो भने २,५,६,८ वडाहरू वडा नम्बर ६ हो र ४ नम्बर वडा भूमे गाउँपालिकाको वडा नम्बर ८ हो।

यो नेपालको राजधानी काठमाडौँ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्ने पुरानो रुकुमको सदरमुकाम मुसिकोट देखि पूर्वमा अवस्थित यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाउँको रूपमा लीइन्छ। हिमाली जिल्ला डोल्पा अनि ढोरपाटन शिकार आरक्षको प्रवेशद्वारको रूपमा पनि परिचित रुकुमकोट, पूर्वी रुकुम जिल्लाको सिस्ने (पहिलेको सर्पकोट-बाहुन्ठाना-शोभा- रुकुमकोट हुँदै) गाउँ पालिका अन्तर्गत पर्दछ। चारैतिर पहाडले घेरिएको रमणिय उपत्यका रुकुमकोट २०३० सालसम्ममा पुरानो रुकुम जिल्लाको सदरमुकाम थियो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rukumkot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रुकुमकोट · CC BY-SA 4.0
  3. Wikidata item Q7378895 · CC0 1.0
  4. Image: Rukmini taal.jpg by Bisheshwor (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रुकुमकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rukumkot?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रुकुमकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rukmini taal.jpg — Bisheshwor, CC BY-SA 3.0.

← ठाउँहरू