DigiNepal
रत्नेचौर
Krish Dulal · CC BY-SA 3.0

रत्नेचौर

Ratnechaur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रत्नेचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३३३ रहेको थियो जसमध्ये ९८६ पुरुष र १३४७ महिला रहेका थिए भने यहाँ ६२२ घरधुरी रहेको थियो। यो हाल बेनी नगरपालिकामा पर्दछ। यो बेनी नगरपालिकाको वडा नम्बर १ हो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
म्याग्दी जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.3200° N, 83.5900° E wd

परिचय

समुद्र सतहदेखि करिब ९५० मी. उचाईमा अवस्थित यो गा.वि.स. आकारमा अङ्ग्रेजी अक्षर V जस्तै देखिन्छ । यस गा.वि.स.को वार्ड नं १, २, ३, ४ र ५ समथर भू–भागमा पर्दछन् जसलाई समग्रमा रत्नेचौर भनिन्छ भने अन्य ६, ७, ८ र ९ वडाहरू केही भिरालो स्थानमा रहेका छन् जसलाई अर्जम भन्ने गरिन्छ । यस पावन भूमिको पूर्वमा पवित्र कालीगण्डकी नदीले पर्वत जिल्लासँग जोडेको छ भने, पश्चिम र उत्तरतर्फ ज्यामरुककोट गाविस तथा दक्षिणमा बागलुङ जिल्ला पर्दछ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी र बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारको बीचमा पर्ने यो गा.वि.स. अन्न उतपादनका हिसाबले अन्न भण्डारको रूपमा पनि चिनिन्छ । अधिकांश जमीन, समथर र सिचाईंको राम्रो सुविधा भएकाले यहाँ धान, गहुँ र मकै जस्ता अन्नबाली पर्याप्त उत्पादन हुने तथा भिरालो जमीनमा कोदो र मकैको राम्रै उत्पादन हुने गर्दछ । यहाँ उत्पादन हुने भुजाले बागलुङ, मुस्ताङ, पोखरा र काठमाडौँ लगायतका शहर बजारहरूमा विक्रि हुने गरेको पाइन्छ ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ratnechaur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रत्नेचौर · CC BY-SA 4.0
  3. Wikidata item Q3416370 · CC0 1.0
  4. Image: Ratnechaur VDC.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रत्नेचौर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ratnechaur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रत्नेचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ratnechaur VDC.jpg — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू