DigiNepal
मध्यपहाडी राजमार्ग
Raju Babu · CC BY 4.0

मध्यपहाडी राजमार्ग

Pushpalal Highway

नेपालको एक राष्ट्रिय राजमार्ग

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मध्यपहाडी राजमार्ग वा पुष्पलाल लोकमार्ग नेपालमा हाल निर्माणाधीन राजमार्ग हो। मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो यो तेस्रो राजमार्ग हो। निर्माण भैसकेपछि यसको लम्बाई १ हजार ८ सय ७९ किलोमिटर हुनेछ। यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ। चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ । गाउँ मात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क राखेर नै अघि बढ्छ । नेपालमा हाल विद्यमान ५८ नगरपालिकामध्ये २७ पहाडमा पर्छन् । यो राजमार्गले यी २७ 'सहर' मध्ये १६ वटालाई चिरेर, छोएर वा छोएसरह भएर जान्छ । सहर र सदरमुकाम मात्र नभई यसको हालको रेखांकनभित्र अन्य थुप्रै साना सहर तथा बस्ती पनि पर्छन्।

मुख्य तथ्यहरू

प्रकार
सडक wd
अवस्थिति
कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.3411° N, 83.1098° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pushpalal Highway · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मध्यपहाडी राजमार्ग · CC BY-SA 4.0
  3. Wikidata item Q19682208 · CC0 1.0
  4. Image: NPL NH03.svg by Raju Babu (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मध्यपहाडी राजमार्ग". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/places/pushpalal-highway?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मध्यपहाडी राजमार्ग बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NPL NH03.svg — Raju Babu, CC BY 4.0.

← ठाउँहरू