
नारायण नगरपालिका
Narayan Municipality
दैलेख जिल्लामा रहेको एक नगरपालिका
नारायण नेपालको कर्णाली प्रदेशमा पर्ने दैलेख जिल्लाको एक नगरपालिका हो। यो नगरपालिका वि.सं. २०५३ चैत्र १४ गते दैलेख जिल्लाको सदरमुकाम आसपासका पाँच वटा तत्कालिन गाउँ विकास समितिहरू नारायण, विलासपुर, सरस्वती, त्रिभुवन र वसन्तमाला गाभेर गठन गरिएको हो। नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७५३ वटा स्थानीय तहहरू बनाउने निर्णय पारित गरेपछि वि.सं. २०७३ फागुन २७ गते पुनः यस नगरपालिकामा साविकका खरिगैरा गाविसका दुईवटा वडा (८-९), बिन्ध्यवासिनी र भवानी गाउँ विकास समितिलाई जोडेर नगर पालिकालाई जम्मा ११ वटा वडाहरूमा विभाजन गरिएको हो। यस नगरपालिकाको कुल क्षेत्रफल ११०.६३ वर्ग किलोमिटर रहेको छ भने नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८ अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या २७,०३७ रहेको छ। यो नगरपालिका सुर्खेत-जुम्ला कर्णाली राजमार्ग नजिकै पर्दछ। एतिहासिक नगर दुल्लु यो नगरपालिकाबाट केही किलोमिटरको दुरीमा छ। प्राचीनकालमा बेलास राज्यको राजधानी र दैलेख जिल्लाको सदरमुकाम रहेको दैलेख बजार समेत यसै नगरपालिकाभित्र पर्दछ। यो नगरपालिका दैलेख जिल्लाको एक ऐतिहासिक तथा पर्यटकीय नगर हो।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- दैलेख जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 110.63 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- narayanmun.gov.np wd
- निर्देशाङ्क
- 28.8453° N, 81.7139° E wd
नजिकका ठाउँहरू
- दैलेख जिल्ला — 5 km
- दुल्लु — 9 km
- वीरेन्द्रनगर नगरपालिका — 28 km
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र — 28 km
- सुर्खेत विमानस्थल — 30 km
- कालीकोट जिल्ला — 35 km
स्रोतहरू
- Wikipedia (English): Narayan Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): नारायण नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1590553 · CC0 1.0
- Image: Bhuti ka baais dewal.jpg by Bharat Bandhu Thapa (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नारायण नगरपालिका". DigiNepal. Last updated 4 October 2026. https://diginpl.com/places/narayan-municipality?lang=ne. Retrieved 21 October 2026.