DigiNepal
मेलम्ची
mohigan · CC BY-SA 3.0

मेलम्ची

Melamchi

सिन्धुपाल्चोक जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मेलम्ची नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो। वि.सं. २०७१ साल मङ्सिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ वटा गाविसहरू समावेश गरेर मेलम्ची नगरपालिका गठन गरिएकोमा राज्यको पुर्नसंरचना पछि वि.स. २०७३ साल फाल्गुण २६ गते साविकका ४ वटा गाविसहरु समेत थप गरी मेलम्ची नगरपालिकाको पुनर्गठन गरिएको थियो। यस नगरपालिकामा हाल १३ वटा वडाहरू रहेका छन्। यसको क्षेत्रफल १६०.६३ वर्ग किलोमिटर रहेको छ। नेपालको राजधानी काठमाडौंबाट उत्तर–पूर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची नगरपालिका एक हो। यस नगरपालिकाको पूर्वमा ईन्द्रावती गाउँपालिका, पश्चिममा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, उत्तरमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका तथा दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.8300° N, 85.5600° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Melamchi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मेलम्ची · CC BY-SA 4.0
  3. Wikidata item Q3415895 · CC0 1.0
  4. Image: Melamchi, Nepal - panoramio (6).jpg by mohigan (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मेलम्ची". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/melamchi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मेलम्ची बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Melamchi, Nepal - panoramio (6).jpg — mohigan, CC BY-SA 3.0.

← ठाउँहरू