DigiNepal

महत गाविस

Mahat, Eastern Rukum

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

महत नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६२१ रहेको थियो जसमध्ये २१०० पुरुष र २५२१ महिला रहेका थिए भने यहाँ ९३७ घरधुरी रहेको थियो। यो हाल भूमे गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.5300° N, 82.6500° E wd

परिचय

यसको साविकका १,२,९ वडाहरू भूमे गाउँपालिकाको वडा नम्बर ६ हो भने ३-६ वडाहरू वडा नम्बर ७ र ७-८ वडाहरू वडा नम्बर ८ हो।

सदरमुकाम मुसिकोट (खलङ्गा) देखि १५ कोष टाढा उत्तर पूर्वमा रहेको महत गाविस भौगोलिक अवस्थिति अनुसार २८ डिग्री ३० मिनेट १५ सेकेन्ड देखि २८ डिग्री ३० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश र ८२ डिग्री ३७ मिनेट ३० सेकेन्ड देखि ८२ डिग्री ४२ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तर भित्र पर्दछ।

नापी शाखा रुकुमको रेकर्ड अनुसार यस गाविसको क्षेत्रफल ४ हजार ४ सय ७४ दशमलव ४७ हेक्टर रहेको छ। महत गाविस रुकुम जिल्लाको राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं. १ र इलाका नं. ४मा पर्दछ। पहाडी भेगमा रहेको महत गविस आफ्नै खालको ऐतिहासिक भौगोलिक धार्मीक राजनीतिक सामाजिक महत्त्व र विशेषता बोकेर रहेको छ।

महत गाविसको पूर्वमा रोल्पा जिल्लाको थवाङ गाविस पश्चिममा रुकुमकोट गाविस उत्तरमा मोरावाङ गाविस र दक्षिणमा चुन्वाङ गाविस र रोल्पा जिल्लाको मिरुल गाविसको विचमा पर्दछ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mahat, Eastern Rukum · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): महत गाविस · CC BY-SA 4.0
  3. Wikidata item Q3424587 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"महत गाविस". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mahat-eastern-rukum?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख महत गाविस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू