
महाभारत पर्वत शृङ्खला नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको एक पर्वत शृङ्खला हो। यो चुरे पर्वतको माथिल्लो भाग हो। उचाइ १५००-३३६० मिटर भएको मोडदार पहाड हो। यसको अग्लो भाग शैलुङ दोलखा जिल्लामा अवस्थित छ, जसको उच्चाई ३५०० मिटर रहेको छ। यस पर्वतमा स्वस्थ्कर हावापानी पाइने हुदा यसलाई हावाखोरी पर्वत नाम ले समेत चिनिन्छ । यस पर्बत श्रेणीमा सेल,स्यान्ड स्टोन,लाइम स्टोन,मार्बल,स्लेट आदि पाइन्छ।कोशी, कर्णाली, गण्डकी र त्रिशुलीजस्ता नदिद्वारा ठाउँठाउँमा हाडजस्ता पहाडहरु काटिएका छन । । सैलुङ, ट्याम्के, जैथक, फुल्चोकी, शिवपुरी, दामन, स्वर्गद्वारी, चन्द्रागिरी आदि यहाका प्रमुख लेकहरु हुन भने पालुङटार, रुम्जाटार, सल्यानटार प्रमुख उपत्यका हुन । यस पर्वतश्रेणीमा उत्तरभन्दा दक्षिणका पहाड बढी ठाडो र भिरालो छ्न । यसलाई लघु हिमालय वा मध्यहिमालयका नामले समेत चिनिन्छ ।
मुख्य तथ्यहरू
- प्रकार
- हिमालय पर्वत श्रृङ्खला wd
- निर्देशाङ्क
- 28.7500° N, 83.5000° E wd
नजिकका ठाउँहरू
- धौलागिरी हिमाल — 6 km
- Tara Air Flight 197 — 10 km
- धौलागिरी अञ्चल — 13 km
- कोबाङ — 13 km
- टुकुचे — 15 km
- मार्फा — 18 km
स्रोतहरू
- Wikipedia (English): Lower Himalayan Range · CC BY-SA 4.0
- Wikipedia (Nepali): महाभारत पर्वत श्रृङ्खला · CC BY-SA 4.0
- Wikidata item Q2544588 · CC0 1.0
- Image: Mahabharat Range at Tansen 2.jpg by Vyacheslav Argenberg (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"महाभारत पर्वत श्रृङ्खला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/lower-himalayan-range?lang=ne. Retrieved 21 October 2026.