DigiNepal
धौलागिरी अञ्चल
Sergey Ashmarin · CC BY-SA 3.0

धौलागिरी अञ्चल

Dhaulagiri Zone

Read in English · हिंदी में पढ़ें

धवलागिरि अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वत गरी चार जिल्लाहरू मिलेर बनेको थियो। धौलागिरी हिमालको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम बागलुङ हो। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ। धार्मिक तथा पर्यटकिय स्थानहरू प्रशस्त भएर पनि प्रचार-प्रसारको कमीले गर्दा पर्यटनको राम्रो विकास हुन सकेको छैन। प्रसिध्द तिर्थ स्थल मुक्तिनाथ,बाग्लुङ कालिका भगवति मन्दिर लगायत का प्रशस्त धार्मिक तिर्थ स्थलहरू रहेका छन् भने पर्यटकिय क्षेत्रमा कालिगण्डकि नदिमा गरिने राफ्टीङ, मुस्ताङ पद यात्रा,म्याग्दिको तातो पानी क्षेत्र ,ढोरपाटन निकुन्ज लगायतका ठाउ छन्। साथै प्रचार-प्रसारको कमीले गर्दा पछाडि परेको पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको छेउमा रहेको गुप्तेश्वर गुफा पनि पर्यटकीय तथा धार्मिक रूपले महत्त्वपूर्ण मानिन्छ। यी चार जिल्लाहरू मध्ये मुस्ताङ सबैभन्दा विकट जिल्ला हो। मुस्ताङलाई हिमाल पारिको जिल्लाको नामले पनि चिन्ने गरिन्छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका अञ्चलहरू, former administrative territorial entity wd
अवस्थिति
पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
क्षेत्रफल
8,148 km² wd
निर्देशाङ्क
28.7000° N, 83.6167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dhaulagiri Zone · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धौलागिरी अञ्चल · CC BY-SA 4.0
  3. Wikidata item Q9088 · CC0 1.0
  4. Image: Dhaulagiri - view from aircraft.jpg by Sergey Ashmarin (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धौलागिरी अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dhaulagiri-zone?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धौलागिरी अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dhaulagiri - view from aircraft.jpg — Sergey Ashmarin, CC BY-SA 3.0.

← ठाउँहरू