DigiNepal
कोशी बाँध
Subhmanish · CC BY-SA 4.0

कोशी बाँध

Koshi Barrage

नेपालका बाँधहरु

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो । यो नेपाल-भारत सीमाक्षेत्रमा नेपालको सुनसरी र सप्तरी जिल्लाको बीचमा बनेको छ । यो बाँध नेपाल-भारतीय सीमा नजिकै रहेको छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो । २५ अप्रिल १९५४ मा नेपाल र भारत सरकार बीच कोशी सम्झौतामा हस्ताक्षर भएपछि यसको निर्माण गरिएको थियो। यो ब्यारेज भारतको जोसेफ एण्ड कम्पनी लिमिटेडले डिजाइन र निर्माण गरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष ब्यारेजबाट लगभग ३-४ माइल उत्तरमा छ।

मुख्य तथ्यहरू

प्रकार
barrage wd
अवस्थिति
सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.5263° N, 86.9269° E wd

परिचय

यो नेपालमा रहेता पनि सम्झौता अनुरूप सय वर्षसम्म भारतीय अधिकारीहरु द्वारा नियन्त्रित छ । यस बाँधमा ५६ ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ । खासगरी यसको अधिकार भारतिय अधिकारीहरूसँग भएकाले नेपालले चाहेर पनि आफुले चाहेका बेलामा खोल्न वा बन्द गर्न सक्दैन । त्यसैले कुनै बेला बाढि, पहिरो आयो भने र नेपाली भूमी जलमल्ल भयो भने नेपाली पक्षले भारतीय पक्षहरूलाई सुचना दिनुपर्ने भएको हो । जसको कारण कहिलेकाहीँ ढिला पनि हुनेगरेको इतिहास पनि छ । बिहारको दुख को उपनामले परिचित नेपालको कोशी नदीबाट हुने प्रकोपबाट बच्न भारतले त आफ्नो दुनो सोझाएर नेपालीको खेतिपाती नष्ट गरेर नेपाली किसानका आँखामा आँशु झार्दै आइरहेको कुरा जान्दाजान्दै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसीरहेको आभाष नेपाली जनतालाई भइरहेको छ ।

कोशी बाँध २०६५ साल भदौ २ गते पूर्वी तटीय क्षेत्रका केही भागहरू बढीले भत्काइएको थियो ।

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Koshi Barrage · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कोशी बाँध · CC BY-SA 4.0
  3. Wikidata item Q6433103 · CC0 1.0
  4. Image: Koshi Barrage Original.jpg by Subhmanish (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कोशी बाँध". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/koshi-barrage?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोशी बाँध बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Koshi Barrage Original.jpg — Subhmanish, CC BY-SA 4.0.

← ठाउँहरू