DigiNepal
वीरेन्द्रनगर नगरपालिका
Krish Dulal · CC BY-SA 3.0

वीरेन्द्रनगर नगरपालिका

Birendranagar

सुर्खेत जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

वीरेन्द्रनगर नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा रहेको प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम र एक नगरपालिका हो। यो सहर तत्कालीन मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको थियो। सुर्खेत जिल्लाको पहिलो नगरपालिका रहेको यो नगरको नामकरण तत्कालीन राजा वीरेन्द्र शाहको नामबाट भएको हो। राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरियाको उन्मूलन पछि वीरेन्द्रनगर सहरको परिकल्पना गरिएको थियो। सुर्खेत जिल्लाको तत्कालिन गोठी काँडा र जर्बुटा गाउँ पञ्चायतको आंशिक भाग र कटुकुवा गाउँ पञ्चायतको सम्पूर्ण क्षेत्रलाई वि.सं. २०३३ फागुन १२ गते मिलाएर वीरेन्द्रनगर नगर पञ्चायत घोषणा गरिएको थियो। यसै प्रकार वि.सं. २०७२ बैशाख २४ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७२ बैशाख २४ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन लाटिकोइली र उत्तरगङ्गा गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। पुन: एक पटक वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पुष २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जर्बुटा गाउँ विकास समिति समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। यसै प्रकार सङ्घीय शासन व्यवस्था लागु भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन रतु, गर्पन र गढी गाउँ विकास समितिको सम्पूर्ण क्षेत्र गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। वर्तमान समयमा वीरेन्द्रनगर पश्चिम नेपालको प्रमुख वाणिज्य केन्द्रका साथै शिक्षा र स्वास्थ्यको पनि केन्द्र हो।

मुख्य तथ्यहरू

प्रकार
सहर, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सुर्खेत जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
जनसंख्या
47,914 (2011) wd
उचाइ
152 m wd
आधिकारिक वेबसाइट
birendranagarmun.gov.np wd
निर्देशाङ्क
28.6000° N, 81.6333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Birendranagar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वीरेन्द्रनगर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q865146 · CC0 1.0
  4. Image: Ghantaghar@surkhet.JPG by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वीरेन्द्रनगर नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/birendranagar?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वीरेन्द्रनगर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ghantaghar@surkhet.JPG — Krish Dulal, CC BY-SA 3.0.

← ठाउँहरू