
भीमेश्वर नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने दोलखा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। दोलखा जिल्लाका तत्कालिन चरिकोट, दोलखा बजार, माटी र मकैवारी गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर भीमेश्वर नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २९ मा, बोच, लाकुरीडाँडा र सुष्पाक्षमावती गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ३२,४८० रहेको छ। यो सहर १५५४ मिटरको उचाइमा अवस्थित छ। यस नगरपालिकाको केन्द्रमा रहेको चरिकोट बजार नेपालको राजधानी काठमाडौँबाट १३३ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, नगरपालिका, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- दोलखा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 7,349 (1991) wd
- आधिकारिक वेबसाइट
- bhimeshwormun.gov.np/en wd
- निर्देशाङ्क
- 27.6633° N, 86.0481° E wd
नजिकका ठाउँहरू
- दोलखा जिल्ला — 1 km
- सुनकोशी नदी — 11 km
- विसं २०७२ वैशाख २९ को भूकम्प — 13 km
- जिरी — 19 km
- भोटेकोशी नदी — 20 km
- सिन्धुपाल्चोक जिल्ला — 36 km
स्रोतहरू
- Wikipedia (English): Bhimeshwar · CC BY-SA 4.0
- Wikipedia (Nepali): चरिकोट · CC BY-SA 4.0
- Wikidata item Q1590869 · CC0 1.0
- Image: Charikot.jpg by Anantablamichhane (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चरिकोट". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bhimeshwar?lang=ne. Retrieved 21 October 2026.