DigiNepal

अत्तरपुर

Atarpur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अत्तरपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २१८२ रहेको थियो जसमध्ये १०३४ पुरुष र ११४८ महिला रहेका थिए भने यहाँ ४६४ घरधुरी रहेको थियो। यो हाल लिसङ्खु पाखर गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6714° N, 85.8885° E wd

परिचय

यो लिसङ्खु पाखर गाउँपालिकाको वडा नम्बर ४ हो।

अत्तरपूर गाविस जिल्लाको दक्षिणपूर्वीमा अवस्थित गाविस हो। गाविसको पूर्वी सिमानामा ठूलो धादिङ गाविस र रामेछाप जिल्ला पर्दछ भने पश्चिममा ठूलोपाखार दक्षिणमा लिसंखु गाविस पर्दछ। जिल्ला सदरमुकामबाट ७ कोष टाढा पर्ने यस गाविसले करिव २३।३४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

यस गाविसमा अधिकांश नेवार र तामाङ जातिको बसोबास रहेको छ। औसत हावापानी भएको यस गाविसको प्रमुख कृषि बाली आलु धान मकै कोदो तथा फापर हो। गाविसका अधिकांश जनताहरू कृषि पेशामा निर्भर छन्। यस गाविसमा यातायातको सुविधा छ।

विसं २०५८ सालको जनगणना अनुसार यस गाविसको जनसङ्ख्या १६०९ छ भने ३०५ घरधुरी छन्। तौथली थुम अन्तर्गत पर्ने अत्तरपुरको प्रशिद्ध स्थलमा ताम्चेको नाउँ अगाडि छ। समष्टि दृश्यावलोकनका लागि ताम्चे निकै नै प्रसिद्ध स्थल हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Atarpur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अत्तरपुर · CC BY-SA 4.0
  3. Wikidata item Q3412677 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अत्तरपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/atarpur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अत्तरपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू