
अमलेखगंज
Amlekhganj
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अमलेखगन्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७०९ रहेको थियो जसमध्ये ३४१३ पुरुष र ३२९६ महिला रहेका थिए भने यहाँ १३७० घरधुरी रहेको थियो। यो हाल जीतपुरसिमरा उपमहानगरपालिकामा पर्दछ। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठाउँमा बसाले पछि यो ठाउँको नाम अमलेखगन्ज रहन गएको हो। त्यस भन्दा अगाडि यस ठाउँको नाम भिक्षाखोरी रहेको थियो। नेपालको पहिलो रेल्वे लाईन नेपाल गभर्मेन्ट रेलवेको अन्तिम जङ्कसन पनि अमलेखगन्ज नै हो। हाल सहरोन्मुख यस ठाउँमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.2833° N, 84.9833° E wd
नजिकका ठाउँहरू
- रतनपुरी — 9 km
- महेन्द्र आर्दश — 9 km
- चुरियामाई — 11 km
- बगवन्ना — 12 km
- मधुवन मथौल — 14 km
- पिपरा सिमरा — 14 km
स्रोतहरू
- Wikipedia (English): Amlekhganj · CC BY-SA 4.0
- Wikipedia (Nepali): अमलेखगंज · CC BY-SA 4.0
- Wikidata item Q3420355 · CC0 1.0
- Image: Amlekhganj Bara District.jpg by Saddam19 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अमलेखगंज". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/amlekhganj?lang=ne. Retrieved 6 November 2026.