DigiNepal

तपोवन

Tapoban

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

तपोवन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, दार्चुला जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२९३ रहेको थियो जसमध्ये १११२ पुरुष र ११८१ महिला रहेका थिए भने यहाँ ४०५ घरधुरी रहेको थियो। यो हाल मार्मा गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
दार्चुला जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.7600° N, 80.7900° E wd

परिचय

यो मार्मा गाउँपालिकाको वडा नम्बर ६ हो।

बूढापाकाको भनाइमा पौराणिक कालमा १८ ऋषिमुनिले एकसाथ यो भूमिमा तपस्या गरेका थिए। गीता तथा सोह्र पुराणमा उल्लेख भएअनुसार भारतवर्षको उत्तराखण्डअन्तर्गत व्यास ऋषि हिमशृङ्खलामा तपोवन भूमिको धार्मिक तथा पर्यटकीय हिसाबले निकै ठूलो महìव रहेको छ।

दार्चुला जिल्ला सदरमुकामबाट करिब १५ कोष टाढा उत्तरी भेग चमेलिया नदीको किनारामा अवस्थित तपोवन भूमि वारिपारि अजङ्गर पहाडमा तपस्यामा बसेका ऋषिमुनिका आकृतिले पनि तपोवन भूमिको सम्बन्धी किम्वदन्तीलाई शाश्वत सत्य हो भन्ने विश्वास गर्न सकिन्छ। अप्पी हिमालको फेदीबाट आरम्भ हुने चमेलिया नदीको चिसो अनि कञ्चन पानीसँग सुसेली खेल्दै प्राकृतिक छटाका साथ रहेका धार्मिक स्थल तपोवन पर्यटकीय दृष्टिले पनि निकै आकर्षक मानिन्छ।

चमेलिया नदी किनारमा रहेको तातोपनीको मुहान्मा स्नान गर्नले विभिन्न रोघहरू निको हुने धर्मिक बिस्वास छ।हिउद् महिनामा यस् थाउम नुहाउन आउने मानिशरुको भिद् लाग्ने गर्दछ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Tapoban · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तपोवन · CC BY-SA 4.0
  3. Wikidata item Q3426261 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तपोवन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tapoban?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तपोवन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू