तामाकोशी
Tamakoshi River
नेपालमा बग्ने एक नदी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तामाकोशी नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो। तामाकोशी नदी सुनकोशीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी हो जुन भोटेकोशी भन्दा दुई गुणा ठुलो छ। बुस्तिको रोड भेटिनु पुर्व यो नदि ७५ कि.मि. फैलिएको छ। तामा कोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ। यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ। राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरूले गरेको विलापलाई सितलामाजु नाम दिेइएको थियो जसले उनीहरूको कठिन यात्रा र दुःख वर्णन गर्दछ। गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ जसबाट यो नदी उत्पन्न भएको हो। यस नदीको पानीको गति असाध्यै उच्च छ। यस नदीको पानीको बहाबलाई ग्रेड ४-६ दिइएको छ। तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो। धेरै उच्च बहाब र रेपिडको कारण यो नदी व्यवसायिक प्रयोग को लागि कठिन छ। व्यवसायिक प्रयोग कठिन भएतापनि र्याफ्टिङ्ग र क्याकिङ्गको लागि यो नदी पनि प्रयोग हुँदै आएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.3516° N, 85.9827° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Tamakoshi River · CC BY-SA 4.0
- Wikipedia (Nepali): तामाकोशी · CC BY-SA 4.0
- Wikidata item Q20748289 · CC0 1.0
- Image: Dolakha0786 Tamakoshi.JPG by Sundar1 (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तामाकोशी". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/tamakoshi-river?lang=ne. Retrieved 5 November 2026.