
सोताङ गाउँपालिका
Sautang
सोलुखुम्बु जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सोताङ गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो। नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका सोताङ, गुदेलको वडा नं. र पावै गाउँ विकास समितिहरूलाई समेटेर सोताङ गाउँपालिका बनाइएको थियो। यसको क्षेत्रफल १०३ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको सोताङ गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा महाकुलुङ गाउँपालिका, पश्चिममा दुधकोशी र दुधकौशिका गाउँपालिका, उत्तरमा खुम्बु पासाङल्हामु गाउँपालिका तथा दक्षिणमा महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिकासम्म फैलिएको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 103 km² wd
- आधिकारिक वेबसाइट
- sotangmun.gov.np wd
- निर्देशाङ्क
- 27.4694° N, 86.7903° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Sautang · CC BY-SA 4.0
- Wikipedia (Nepali): सोताङ गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q137270565 · CC0 1.0
- Image: Divisions of Solukhumbu.png by Raju Babu (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सोताङ गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sautang?lang=ne. Retrieved 3 November 2026.