रामेछाप नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलमा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो। राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले एक विकट क्षेत्र हो। राजधानी छोएको काभ्रेपलाञ्चोक जिल्ला, चीनसँग सीमा जोडिएका दोलखा र ओखलढुङ्गा जिल्ला र तराई छोएको सिन्धुली जिल्लाको बीचको १,५४६ वर्ग किलोमिटरको यो जिल्ला पर्याप्त स्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ। रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ। नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलाल अधिकारी, शहीद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो। रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, सञ्चारकर्मी सबै प्रतिभा जन्माएको छ। भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो। विक्रम संवत् २०५६ को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ। मध्य महाभारत पर्वत शृङ्खलादेखि उच्च हिमाली शृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाइदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ। कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 170,302 (2011) wd
- क्षेत्रफल
- 1,546 km² wd
- आधिकारिक वेबसाइट
- ddcramechhap.gov.np wd
- निर्देशाङ्क
- 27.3333° N, 86.0833° E wd
भित्रका ठाउँहरू: रामेछाप जिल्ला
नजिकका ठाउँहरू
- रामेछाप गाविस — 0 km
- सिन्धुली जिल्ला — 14 km
- कमलामाई नगरपालिका — 22 km
- जनकपुर अञ्चल — 25 km
- विसं २०७२ वैशाख २९ को भूकम्प — 33 km
- जिरी — 36 km
स्रोतहरू
- Wikipedia (English): Ramechhap District · CC BY-SA 4.0
- Wikipedia (Nepali): रामेछाप जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28611 · CC0 1.0
- Image: Pancha Pokhari,Ramechhap130811IMG 23560005.JPG by Bijaya2043 (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रामेछाप जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/ramechhap-district?lang=ne. Retrieved 21 October 2026.