पाथीभरा देवी
Pathibhara Devi Temple
हिन्दू देवीको मन्दिर
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पाथीभरा ( ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शीखर नजीक अवस्थीत एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाइ पाथीभरा देवी भनिएको हो । परापुर्वाकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ती उपासकहरुका लागि बिशेष ठाउँ हो । यहाँ अझै मन्दीरको भवन बनेको छैन र देवी स्थानको रुपमै यो तीर्थ रहेको छ । पाथीभरा देवी स्थान नजीकै २०७७ सालमा कीराँत मन्दिर भने बनेको छ जस्को प्राङ्गणमा गुरु फाल्गुनन्दको शालिक राखिएको छ । तत्पश्चात पाथीभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायीक आराध्या स्थल बन्न पुगेको छ । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम "पाथीभरा देवी" भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका लिम्बू समुदायहरू पाथीभरा पहाडलाई " मुकुम्लुङ " भनेर चिन्दछन । लिम्बू भाषामा "मुकुुम"को अर्थ शक्ति वा बल, "लुङ"को अर्थ ढुंगा भन्ने जनाउँदछ। अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा प्रकट गर्ने गर्दछन ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- ताप्लेजुङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.4294° N, 87.7677° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Pathibhara Devi Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): पाथीभरा देवी · CC BY-SA 4.0
- Wikidata item Q7144777 · CC0 1.0
- Image: Pathibhara 2014.JPG by Avista7 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पाथीभरा देवी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pathibhara-devi-temple?lang=ne. Retrieved 4 November 2026.