
कुश्मा
Kushma
पर्वत जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुश्मा पर्वत जिल्लाको एक नगरपालिका हो। कुश्माको मुख्य व्यापारिक केन्द्र शिवालयचोक हो। यो समुन्द्र सतहबाट झण्डै ९५३ मिटर माथी छ। २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका पर्वत जिल्लामा साविकका ७ वटा गाविसहरू पाङ्ग, खुर्कोट, चुवा, दुर्लुङ, शिवालय, कटुवा चौपारी, पिपलटारी र पकुवा समेटेर नगरपालिका बनाइएको थियो भने
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- पर्वत जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- kushmamun.gov.np wd
- निर्देशाङ्क
- 28.2181° N, 83.6794° E wd
परिचय
२७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा ठूलीपोखरी, खौलालाँकुरी र आर्थर डाँडाखर्क गाविसहरू यसमा गाभिएका थिए। कुश्मा नगर पोखराबाट ५७ किलोमिटर टाढा छ। यो नगरपालिका पर्वत जिल्लाको मुख्य व्यापारिक केन्द्र हो। धार्मीक तथा ऐतिहासिक महत्त्व बोकेको मोदिबेनी दिव्यधाम, गुप्तेस्वर गुफा, कुश्मा ज्ञादी झोलुङ्गेपुल, अलपेस्वर गुफा, दुर्लुङ्ग कोट यहाँका मुख्य पर्यटकिय आर्कषण हुन् । नेपालको सबैभन्दा ठूलो झोलुङ्गे पुल कुश्मा नगरपालिकामा अवस्थित छ।
पर्वत जिल्लाको जिल्ला समन्वय समितिको कार्यालय कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले गङ्गामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रूपान्तरित भई यस ठाउको नाम कुश्मा हुन पुगेको हो।
यसको क्षेत्रफल ९३.१८ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, कास्की
र स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा जलजला र मोदी गाउँपालिका तथा दक्षिणमा फलेवास नगरपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ।
नजिकका ठाउँहरू
- नारायणस्थान, बागलुङ — 1 km
- विजय खर्क — 1 km
- बाग्लुङ विमानस्थल — 1 km
- शिवालय — 2 km
- कटुवाचौपारी — 2 km
- बितलवा पिपलटारी — 3 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Kushma · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुश्मा · CC BY-SA 4.0
- Wikidata item Q3429735 · CC0 1.0
- Image: Kali Gandaki River near Kushma Nepal.jpg by Saddam19 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुश्मा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kushma?lang=ne. Retrieved 4 November 2026.