DigiNepal
चन्द्र नहर
Subhmanish · CC BY-SA 4.0

चन्द्र नहर

Chandra Canal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चन्द्र नहर नेपालको सप्तरी जिल्लाको उत्तरपूर्वी क्षेत्रमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा स्थापना गरिएको नेपालको पहिलो सिँचाइ नहर आयोजना हो। नेपालको पहिलो आधुनिक नहरको रूपमा रहेको चन्द्र नहरको निर्माण कार्य वि.सं. १९७९ मा सुरु भइ वि.सं. १९८५ मा सम्पन्न भएको थियो।३१ किलोमिटर लम्बाइ भएको यो नहर सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, महादेवा गाउँपालिका लगायतका ग्रामीणक्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नहर wd
अवस्थिति
सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.7414° N, 86.9297° E wd

परिचय

यो नेपालको पहिलो सिँचाई परियोजना हो। यो सप्तरी जिल्लाको साविक फत्तेपुर हाल सप्तकोशी नगरपालिका भएर बग्ने त्रियुगा नदी नजिकै निर्मित छ। यो नहरको डिजाइन नेपालको पहिलो इन्जिनियर डिल्लीजङ्ग थापाले कोरेका थिए।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chandra Canal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चन्द्र नहर · CC BY-SA 4.0
  3. Wikidata item Q30594976 · CC0 1.0
  4. Image: Chandra Canal.jpg by Subhmanish (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चन्द्र नहर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chandra-canal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चन्द्र नहर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chandra Canal.jpg — Subhmanish, CC BY-SA 4.0.

← ठाउँहरू