
बुटवल नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको एक उपमहानगरपालिका हो। यो सहर तिनाउ अथवा तिलोत्तमा नदीको किनारमा अवस्थित रहेको छ। रुपन्देही जिल्लाको तत्कालिन बुटवल खस्यौली इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१६ कार्तिक १२ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि बुटवल खस्यौली नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'बुटवल खस्यौली नगरपञ्चायत' भएको थियो। वि.सं. २०३५ माघ ८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यसको नामबाट खस्यौली झिकेर 'बुटवल नगरपञ्चायत' कायम गरिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- big city, उपमहानगरपालिका wd
- अवस्थिति
- रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 118,462 wd
- क्षेत्रफल
- 101.61 km² wd
- उचाइ
- 152 m wd
- आधिकारिक वेबसाइट
- butwalmun.org.np wd
- निर्देशाङ्क
- 27.7000° N, 83.4500° E wd
नजिकका ठाउँहरू
- लुम्बिनी अञ्चल — 7 km
- तिलोत्तमा नगरपालिका — 8 km
- देवदह — 10 km
- पाल्पा जिल्ला — 21 km
- तानसेन नगरपालिका — 21 km
- सुनवल नगरपालिका — 21 km
स्रोतहरू
- Wikipedia (English): Butwal · CC BY-SA 4.0
- Wikipedia (Nepali): बुटवल · CC BY-SA 4.0
- Wikidata item Q11283 · CC0 1.0
- Image: Butwal.jpg by Mithunkunwar9 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बुटवल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/butwal?lang=ne. Retrieved 21 October 2026.