
रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछि रण बहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गरे। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्ने स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभएका, अदूरदर्शी भनी टिप्पणी गरेका छन्। तर जीवनको उत्तरार्द्धमा यिनमा राजनीतिक व्यवहार विकसित भएको थियो। १८६३ साल वैशाख महिनामा आफ्नै सहोदर भाइ शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- नेपालका राजा (17 नोभेम्बर 1777 – 8 मार्च 1806)
सम्हालेका पदहरू wd
- नेपालको राजा (17 नोभेम्बर 1777 – 8 मार्च 1806)
स्रोतहरू
- Wikipedia (English): Rana Bahadur Shah · CC BY-SA 4.0
- Wikipedia (Nepali): रणबहादुर शाह · CC BY-SA 4.0
- Wikidata item Q2714575 · CC0 1.0
- Image: Amar Chitrakar - Portrait of King Rana Bahadur Shah.jpg by Amar Chitrakar (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रणबहादुर शाह". DigiNepal. Last updated 11 October 2026. https://diginpl.com/people/rana-bahadur-shah?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्