
गिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली काङ्ग्रेसका सभापति थिए। उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि वि.सं. २०५६ जेठ १७, वि.सं. २०५६ चैत्र ९ देखि वि.सं. २०५८ साउन ११ र वि.सं. २०६५ जेठ १५ देखि वि.सं. २०६५ भदौ २ सम्म गरि चार पटक नेपालको प्रधानमन्त्री भएका थिए। २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता गिरिजाप्रसाद कोइराला नै हुनुहुन्थ्यो । बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि कोइराला चार पटक नेपालको प्रधानमन्त्री बन्नुभयो । उनी वि.सं. २०१६ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वरप्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली काङ्ग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचनमा स्पष्ट बहुमत ल्याएको थियो। उनी नेपाली काङ्ग्रेसका सभापति र सात राजनैतिक दलहरूको मोर्चाको नेता थिए। उनी ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न रहेका थिए। उनले आफ्नो राजनीतिक जीवनको सुरुवात, आफ्नो गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए। वि.सं. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भएको थियो। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- राष्ट्रपति (15 जनवरी 2007 – 23 जुलाई 2008)
- प्रधानमन्त्री (25 अप्रिल 2006 – 18 अगस्ट 2008)
- प्रधानमन्त्री (22 मार्च 2000 – 26 जुलाई 2001)
- प्रधानमन्त्री (15 अप्रिल 1998 – 31 मे 1999)
- प्रधानमन्त्री (26 मे 1991 – 30 नोभेम्बर 1994)
सम्हालेका पदहरू wd
- नेपालका राष्ट्रपति (15 जनवरी 2007 – 23 जुलाई 2008)
- नेपालका प्रधानमन्त्री (25 अप्रिल 2006 – 18 अगस्ट 2008)
- नेपालका प्रधानमन्त्री (22 मार्च 2000 – 26 जुलाई 2001)
- नेपालका प्रधानमन्त्री (15 अप्रिल 1998 – 31 मे 1999)
- नेपालका प्रधानमन्त्री (26 मे 1991 – 30 नोभेम्बर 1994)
- acting president
स्रोतहरू
- Wikipedia (English): Girija Prasad Koirala · CC BY-SA 4.0
- Wikipedia (Nepali): गिरिजा प्रसाद कोइराला · CC BY-SA 4.0
- Wikidata item Q220991 · CC0 1.0
- Image: The Prime Minister of Nepal, Shri Girija Prasad Koirala being seen off by the Union Minister of Water Resources, Prof. Saif-ud-din Soz at Indira Gandhi International Airport in New Delhi on April 06, 2007 (cropped).jpg by Ministry of External Affairs (GODL-India)
- Wikipedia (English), revision used for cited facts: Girija Prasad Koirala · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गिरिजा प्रसाद कोइराला". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/girija-prasad-koirala?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्