
सङ्खुवासभा जिल्ला नेपालको कोशी प्रदेशमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४८१ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७ डिग्री ६' उत्तरदेखि २७ डिग्री ५५' उत्तरी अक्षांशसम्म र ८६ डिग्री ५७' पर्वदेखि ८७ डिग्री ४०' पूर्वी देशान्तरसम्म फैलिएको छ। उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली शृङ्खलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिक रूपले सक्रिय जनसङ्ख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन्।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 158,041 (2011) wd
- क्षेत्रफल
- 3,480 km² wd
- आधिकारिक वेबसाइट
- ddcsankhuwasabha.gov.np wd
- निर्देशाङ्क
- 27.3667° N, 87.2167° E wd
भित्रका ठाउँहरू: सङ्खुवासभा जिल्ला
नजिकका ठाउँहरू
- खाँदबारी नगरपालिका — 0 km
- तुम्लिङटार विमानस्थल — 6 km
- १९९०को महाभूकम्प — 24 km
- भोजपुर जिल्ला — 27 km
- भोजपुर नगरपालिका — 28 km
- Bhojpur Airport — 29 km
स्रोतहरू
- Wikipedia (English): Sankhuwasabha District · CC BY-SA 4.0
- Wikipedia (Nepali): सङ्खुवासभा जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28596 · CC0 1.0
- Image: Morning in Yangle Kharka, 3660m, BARUN trekking 2013. - panoramio.jpg by Sergey Pashko (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सङ्खुवासभा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sankhuwasabha-district?lang=ne. Retrieved 21 October 2026.