DigiNepal
खाँदबारी नगरपालिका
InOutPeaceProject · CC BY-SA 2.0

खाँदबारी नगरपालिका

Khandbari Municipality

सङ्खुवासभा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

खाँदबारी नगरपालिका (खाँदवारी) नेपालको कोशी प्रदेश मा पर्ने सङ्खुवासभा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। सङ्खुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिले यस जिल्लाको सदरमुकाम रहेकोमा वि.सं. २०२४ जेठ ८ गतेको सरकारी निर्णयबाट तत्कालिन खाँदबारी बजारमा सदरमुकाम सारिएको थियो। सङ्खुवासभा जिल्लाका तत्कालिन मनकामना, पाङ्मा र मालटा गाउँ विकास समितिहरूलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर खाँदबारी नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा नेपाल सरकारको निर्णय अनुसार सित्तलपाटी गाविस समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। यो नगरपालिका ११ वडामा विभाजित छ।

मुख्य तथ्यहरू

प्रकार
सहर, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सङ्खुवासभा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
26,301 (2011) wd
आधिकारिक वेबसाइट
khandbarimun.gov.np wd
निर्देशाङ्क
27.3667° N, 87.2167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khandbari Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खाँदबारी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1740554 · CC0 1.0
  4. Image: View from the hotel in Khadbari (9270480218).jpg by InOutPeaceProject (CC BY-SA 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खाँदबारी नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/khandbari-municipality?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खाँदबारी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: View from the hotel in Khadbari (9270480218).jpg — InOutPeaceProject, CC BY-SA 2.0.

← ठाउँहरू