DigiNepal
माईपोखरी
Hari gurung77 · CC BY-SA 4.0

माईपोखरी

Mai Pokhari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका माइपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्त्व बोकेको नौ कुने पाखरीको हो। यो तारा आकृतिको छ। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको विव्ल्याँटे भन्ने बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्त्व रहको छ।

मुख्य तथ्यहरू

प्रकार
सिमसार wd
अवस्थिति
इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
90 ha wd
सम्पदा मान्यता
रामसार क्षेत्र wd
स्थापना
wd
निर्देशाङ्क
27.0069° N, 87.9300° E wd

परिचय

माइपोखरी गा.वि.स. ६ मा अवस्थित माइपोखरी इलाम बजारबाट १५ कि.मी. उत्तर २१३० मी.को उचाईमा रहेको छ । यहाँ सम्म जानको लागि हिउँदमा यातायातको सुविधा छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ । सामान्य चिया नास्ता होटलको व्यवस्था भएको यस ठाउँको भ्रमण गर्न असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाख लाई उपयुक्त मानिन्छ । करिब १८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एव धार्मिक सुन्दरताले भरीपर्ूण्ा यो पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ यहाँ एउटा अखण्ड धुनी बलिरहेको छ ।

हाल यहाँ सम्म कच्चि बाटो बनिसकेकाले सवारी साधनका साथ पुग्न सकिन्छ। यो पनि अर्को धार्मिक स्थलका रूपमा परिचित स्थल हो। नेपाली परम्परा अनुसार विभिन्न किसिमका बिपत्ति पर्दा देवी देवताको स्मरण गरी उनीहरूलाई खुशी पार्न केही दान गर्ने तिर्थाटन गर्ने मनमनै कसम खाने चलन पाइन्छ। यसलाई भाकल गर्ने भन्ने चलन छ। यसरी भाकल गरी सकेपछि उपयुक्त समयमा भाकल पुरा गर्ने तिर्थाटन गर्नु पर्ने हुन्छ। यही क्रममा स्थानीय तिर्थालुहरू यहाँ आउने गर्दछन्। यो पोखरी समुन्द्री सतह देखि ७२०० फिटको उचाईमा रहेको छ। अत्यन्तै मनमोहक जंगलले घेरिएको यो स्थानमा बिसं १९५४मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ। हरीशयनी एकादशी र हरीबोधिनी एकादशीका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ। माईपोखरीमा कहिले कहिले आउने छाललाई स्थानीय बासीहरू अनिष्टको संकेतको रूपमा लिन्छन् र सम्भाबित अनिष्टबाट देशलाई जनतालाई बचाउन मन्दिरमा पूजा आजा गर्ने पोखरीमा दुध चढाउने गरिन्छ। शिव पार्वती बन बिहार र जलक्रिडा गर्ने गरेको भनी स्कन्ध पुराणमा बर्णित थलो यहीं हो भन्ने भनाई पनि रहेको छ। यसको नवरात्रसँग नजीकको सम्बन्ध छ। नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ। जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ। हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ।

यो पोखरीका नौ कुना छन् जसमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ।

खासगरी ठूलो एकादशीमा…

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mai Pokhari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): माईपोखरी · CC BY-SA 4.0
  3. Wikidata item Q6735168 · CC0 1.0
  4. Image: Mai pokhari ilam 10.jpg by Hari gurung77 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"माईपोखरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mai-pokhari?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख माईपोखरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mai pokhari ilam 10.jpg — Hari gurung77, CC BY-SA 4.0.

← ठाउँहरू