DigiNepal
हुम्ला जिल्ला
Balkrishna · CC BY-SA 3.0

हुम्ला जिल्ला

Humla District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

हुम्ला जिल्ला नेपालको कर्णाली प्रदेशका १० जिल्लाहरू मध्ये एक हो। यस जिल्लाको सदरमुकाम सिमिकोट हो। यस जिल्लाको क्षेत्रफल ५,६५५ वर्ग किलोमिटर रहेको छ भने यस जिल्ला नेपालमा डोल्पा पछिको दोस्रो ठुलो क्षेत्रफल भएको जिल्ला हो। राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसङ्ख्या ५५,३९४ रहेको छ। जिल्लामा ७ वटा स्थानीय तहहरू रहेका जसमध्ये सबै गाउँपालिकाहरू हुन्।। हुम्ला जिल्लाको दक्षिणी र मध्य भागमा सिंजा उपत्यकाबाट उत्पत्ति भएका खस समुदायको बसोबास छ भने हुम्लाको उच्च र उत्तरी भागमा प्रायः सांस्कृतिक रूपमा तिब्बती समुदायको बसोबास छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कर्णाली प्रदेश (province of Nepal) wd
जनसंख्या
55,394 (2011) wd
क्षेत्रफल
5,655 km² wd
आधिकारिक वेबसाइट
ddchumla.gov.np wd
निर्देशाङ्क
29.9667° N, 81.8333° E wd

भित्रका ठाउँहरू: हुम्ला जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Humla District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हुम्ला जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28623 · CC0 1.0
  4. Image: हुम्लाको सातपोखरि क्षेत्र.jpg by Balkrishna (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हुम्ला जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/humla-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हुम्ला जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: हुम्लाको सातपोखरि क्षेत्र.jpg — Balkrishna, CC BY-SA 3.0.

← ठाउँहरू