भोजपुर जिल्ला नेपालको कोशी प्रदेश मा अवस्थित पहाडी जिल्ला हो। उतिखेरको नेपालको पूर्व चार नम्बर भनेर चिनिने भोजपुर तत्कालिन नेपालको एक प्रमूख प्रशासकीय जिल्ला हो। भौगोलिक हिसाबले यो एक मध्य पहाडी जिल्ला हो। भोजपुर जिल्ला भौगोलिक विविधतताले भरिएको उब्जाउ भूमि हो। संखुवासभा, धनकुटा, उदयपुर, खोटाङ र सोलुखुम्बु जिल्ला यसका छिमेकी जिल्लाहरू हुन। विविध जनजातिले बसोबास गरेको यो जिल्लामा राई जातिहरूको उल्लेख्य बसोबास छ। अन्य मुख्य जातिहरूमा क्षेत्री, ब्राह्मण, मगर, नेवार,तामाङ, शेर्पा आदी पर्दछन। भोजपुर बजार यसको प्रशासकीय केन्द्र हो भने दिङ्ला बजार, घोरेटार, टक्सार बजार, चौकीडाँडा, कुलुङ्, दावाँ, च्याङ्ग्रे, मानेडाँडा, प्याउली बजार, सोमबारे बजार नेपालेडाँडा लगायत अन्य प्रमुख स्थानहरू हुन। मध्यकालिन नेपालमा टक्सार बजारको स्थापना नेपाल भरिलाई चाहिने धातुको सिक्काको लागि गरीएको भन्ने इतिहास छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 157,923 (2011) wd
- क्षेत्रफल
- 1,507 km² wd
- आधिकारिक वेबसाइट
- ddcbhojpur.gov.np wd
- निर्देशाङ्क
- 27.1725° N, 87.0481° E wd
भित्रका ठाउँहरू: भोजपुर जिल्ला
नजिकका ठाउँहरू
- भोजपुर नगरपालिका — 1 km
- Bhojpur Airport — 3 km
- तुम्लिङटार विमानस्थल — 21 km
- दिक्तेल — 25 km
- खोटाङ जिल्ला — 26 km
- सङ्खुवासभा जिल्ला — 27 km
स्रोतहरू
- Wikipedia (English): Bhojpur District, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): भोजपुर जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q2284812 · CC0 1.0
- Image: Chandi bazar.JPG by Rajenrai (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भोजपुर जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bhojpur-district-nepal?lang=ne. Retrieved 21 October 2026.