अरुण तेस्रो जलविद्युत आयोजना
Arun III
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अरुण तेस्रो जलविद्यूत आयोजना अरूण नदीमा निर्माणोन्मूख विद्यूत आयोजना हो। यो संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा अवस्थित छ। यस आयोजनाको क्षमता ९०० मेगावाटको हुनेछ।
मुख्य तथ्यहरू
- प्रकार
- बाँध, hydroelectric power station wd
- निर्देशाङ्क
- 27.5109° N, 85.1941° E wd
परिचय
आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब रूपियाँ हुने तथा निर्माण कार्य ५ वर्ष भित्रमा सकिने जनाइएको छ।
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला २०७५ बैशाख २८ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट यस आयोजनाको शिलान्यास गरेका थिए।
आयोजना निर्माण गर्ने ठेक्का भारतको सतलज हाइड्रो कम्पनीले पाएको छ। ठेकेदार कम्पनीले अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) स्थापना गरेको छ । आयोजनाको बाँध मकालु गाउँपालिकाको वडा नम्बर ३ र ५ तथा विद्युत्गृह चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहनेछ । यसले पाएको अनुमति अनुसार २ सय २५ मेगावाट क्षमताका चारवटा टर्बाइनमार्फत ९ सय मेगावाट उत्पादन गर्नेछ ।
२०७१ मंसिर १० मा आयोजना विकास सम्झौता (पीडीए) गरेको थियो । पीडीए भएको दुई वर्षभित्र आयोजना निर्माणका लागि आवश्यक पर्ने वित्तीय स्रोत व्यवस्था गर्नुपर्ने प्रावधान छ । सतलजले २०६६ सालमा अरुण तेस्रोको सर्वेक्षण अनुमतिपत्र पाएको थियो । भारत सरकारले बजेटमार्फत अरुण तेस्रो आयोजनामा लगानी गर्ने गरी ५७ अर्ब २३ करोड भारु छुटयाएको छ ।
नजिकका ठाउँहरू
- कोगटे — 2 km
- इपापञ्चकन्या — 4 km
- बुढीचौर — 5 km
- सिस्नेरी — 6 km
- सुकौरा — 6 km
- इन्द्रसरोवर गाउँपालिका — 8 km
स्रोतहरू
- Wikipedia (English): Arun III · CC BY-SA 4.0
- Wikipedia (Nepali): अरुण तेस्रो जलविद्युत आयोजना · CC BY-SA 4.0
- Wikidata item Q4802090 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अरुण तेस्रो जलविद्युत आयोजना". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/arun-iii?lang=ne. Retrieved 4 November 2026.