DigiNepal
अपि नाम्पा संरक्षण क्षेत्र
Benmerdmann · CC BY-SA 3.0

अपि नाम्पा संरक्षण क्षेत्र

Api Nampa Conservation Area

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अपि नाम्पा संरक्षण क्षेत्र नेपालको सुदुरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्लामा अवस्थित संरक्षण क्षेत्र हो । २०६७ साल असार २८ गते दार्चुला जिल्लाका उत्तरी भेगका २१ गाविस समेटेर यस क्षेत्रको घोषणा गरिएको हो । अपि क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत बन्य जन्तु पनि पाउने गर्दछन् । यस क्षेत्रमा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । जैविक विविधाताले भरिपुर्ण यस संरक्षण क्षेत्र भित्र ७१३२ मिटर उचाई रहेको अपि हिमाल तथा ६७५५ मिटर अग्लो नाम्पा हिमाल पनि पर्दछ। यसका साथै रिङरेपानी, कापाकोर, काली ढुंगा, बबई लगायतका चुलीहरु रहेका छन् । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो ।

मुख्य तथ्यहरू

प्रकार
संरक्षित क्षेत्र wd
निर्देशाङ्क
29.8750° N, 80.7660° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Api Nampa Conservation Area · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अपि नाम्पा संरक्षण क्षेत्र · CC BY-SA 4.0
  3. Wikidata item Q15183286 · CC0 1.0
  4. Image: Api Nampa.JPG by Benmerdmann (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अपि नाम्पा संरक्षण क्षेत्र". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/api-nampa-conservation-area?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अपि नाम्पा संरक्षण क्षेत्र बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Api Nampa.JPG — Benmerdmann, CC BY-SA 3.0.

← ठाउँहरू