DigiNepal

सुभद्रा अघिकारी

Subhadra Adhikari

नेपाली नायिका

Read in English · हिंदी में पढ़ें

सुभद्रा अधिकारी बरिष्ठ नेपाली कलाकार हुन्। वि.सं.२००४ सालमा काठमाडौंको असनमा जन्मे, हुर्केकी अधिकारीले कलाकारिता क्षेत्रमा नै आफ्नो जीवन अर्पेर उदाहरण बनेकी छिन्। बुवा डिठ्ठा बलराम र आमा नुरादेवीकी सुपुत्री सुभद्राले सयौँ नेपाली चलचित्रमा अभिनय गरेकी छिन्। उनी परिवारकी एक्ली छोरी थिइन्। उनले आफ्नो प्रतिभालाई पारिवारिक वातावरणमा नै उजागर गरेकी थिइन्। उनकी आमा पनि गायिका थिइन्। पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी उनले ६ वर्षकी छँदा नेवारी नाटक 'कचिमचा' बाट अभिनय यात्रा थालेकी थिइन्। बाल्यकालबाटै रगंमञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र मनको बाँध हो। मनको बाँधबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अधिकारी फिल्म कन्यादानको छुच्ची सासूको भूमिकाका लागि चर्चित थिइन्। यसरी नेपाली चलचित्रमा यात्रा शुरु गरेकी अधिकारीले चिनो, कन्यादान, बासुदेव, बाटो मुनिको फूल, मुनामदनजस्ता चर्चित नेपाली चलचित्रमा अभिनय गरेकी छिन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
असन wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd

स्रोतहरू

  1. Wikipedia (English): Subhadra Adhikari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुभद्रा अघिकारी · CC BY-SA 4.0
  3. Wikidata item Q75186198 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुभद्रा अघिकारी". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/subhadra-adhikari?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुभद्रा अघिकारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व