
ओम प्रकाश शर्मा पर्सा, आदर्शनगरका ४१ वर्षीय समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०३६ सालमा बाल काङ्ग्रेस खोलेर राजनीतिमा प्रवेश गरेका शर्मा यसबीच व्यापारमा पनि संलग्न रहेकाले राजनीतिमा कम सक्रिय रहनुभयो। हाल नेपाली काङ्ग्रेस, पर्साका आमन्त्रित सदस्य रहेका शर्मा नेपाल उद्योग वाणिज्य सङ्घ (पर्सा) का सचिव हुनुहुन्छ। उहाँ पर्सा तेक्वान्दो संघका अध्यक्ष र पर्सा भारोत्तोलन संघका कोषाध्यक्ष समेत हुनुहुन्छ। खेलकुदमा रुचि राख्ने सभासद ओम प्रकाश शर्मा तेक्वान्दो खेलाडी हुनुहुन्छ, २० वर्षदेखि निरन्तर तेक्वान्दो खेल्दै आउनुभएको छ। आइ.कम. सम्म अध्ययन गरेका शर्मा २ छोरी र १ छोराका पिता हुनुहुन्छ। उहाँ २ वटा कारखाना डी.बी.इन्डस्ट्रिज र पराग इन्डस्ट्रिजका मालिक समेत हुनुहुन्छ। सैद्धान्तिक आस्था, पार्टीको नीति, उद्योगी-व्यापारी वर्गसँगको निकटता तथा आफ्नो लगनशील स्वभावले आफूलाई संविधानसभामा पुर्याएको शर्माको आकलन छ। संविधानसभामा उहाँले प्रमुखतासाथ उठाउने अठोट गरेका प्रमुख दुई मुद्दा हुन्- क. उद्योग-व्यवसाय सञ्चालनको निम्ति राम्रो वातावरणको सृजना, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- member of the Provincial Assembly of Madhesh Province
- संविधानसभा सदस्य
स्रोतहरू
- Wikipedia (English): Om Prakash Sharma · CC BY-SA 4.0
- Wikipedia (Nepali): ओम प्रकाश शर्मा · CC BY-SA 4.0
- Wikidata item Q67936038 · CC0 1.0
- Image: Omprakashsharma.jpg by Shreyashji (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ओम प्रकाश शर्मा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/om-prakash-sharma?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्